गाजा क्षेत्रमा इजरेली फौज प्रवेश गरे पूरा शक्ति परिचालन गर्ने हमासकोे चेतावनी

फाइल फोटो  

कार्तिक ११, २०८० | काठमाडौं

गाजा क्षेत्रमा शासन गरीरहेको विद्रोही हमास समुहले इजरेली फौज प्रवेश गरे पूरा शक्ति परिचालन गर्ने जनाएको छ ।

इजरेलले हवाई र जमिनबाट आक्रमणको दायरा बढाएपछि हमासले सो प्रतिक्रिया सार्वजनिक गरेको हो । प्यालेष्टाइनको सशस्त्र विद्रोही समुह र इजरेली सेनाबीच सीमा क्षेत्रमा भिडन्त भैरहेका छन् ।

इजरेलले जवाफी कार्बाहिलाई तिव्र बनाएपछि सीमा क्षेत्र तनावग्रस्त छ । अब गाजाको भूमिमा प्रवेश गर्ने इजरेलले घोषणा गरेकाले इजरेलको गाजा हस्तक्षेप सुरु भएको रोयटर्सले उल्लेख गरेको छ । इजरेलले गाजामा हमासका सुरुङ्ग केन्द्रित आक्रमण गरीरहेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभाको बैठकले तत्काल इजरेल र हमासले मानविय युद्धविराम गर्नुपर्ने प्रस्ताव पारीत गरेको छ । गाजा क्षेत्रमा वसोवास गर्नेका लागि दैनिक आवश्यकताका वस्तु पु¥याउनुपर्नेमा राष्ट्रसंघको जोड छ ।

१ सय २० मुलुकले प्रस्तावको पक्षमा मतदान गरेका छन् । अमेरिका र इजरेल सहितका १४ मुलुकले त्यसको विपक्षमा मतदान गरे भने ४५ मुलुक अनुपस्थित भएका थिए । 


प्रतिक्रिया