गाजाको उत्तरी क्षेत्रका अस्पतालमा सयौं बिरामी अलपत्रः राष्ट्रसंघ

कार्तिक १३, २०८० | काठमाडौं

गाजाको उत्तरी क्षेत्रमा रहेका अस्पतालहरुमा सयौं बिरामी अलपत्र परेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

इजरेलले सो अस्पताल खाली गर्न आग्रह गरेपछि सयौं बिरामी अलपत्र परेको डाक्टरहरुलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । अस्पतालमा रहेका धेरै बिरामी सघन हेरचारमा रहेको पनि उनीहरुले बताएका छन् । गाजाको सो क्षेत्रमा इजरेली हवाई आक्रमण जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरेलले अक्टोबर ७ देखि नै गाजामा आक्रमण जारी राखेको छ । आक्रमणमा परि एक हजार ४ सय जनाको मृत्यु भइसकेको छ । यस्तै २ सय ३० जना अपहरणमा परेका छन् ।

इजरेलको आक्रमणमा परि ८ हजार बढी प्यालेष्टेनीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 


प्रतिक्रिया