दिल्लीका मुख्यमन्त्री केजरीवाललाई भ्रष्टाचारको मुद्धामा सोधपुछ गर्ने तयारी

कार्तिक १६, २०८० | काठमाडौं

दिल्लीका मुख्यमन्त्री तथा सत्तारुढ आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई भारतको आर्थिक अपराध एजेन्सीले सोधपुछ गर्ने तयारी गरेको छ ।

 खारेज गरिएको रक्सी बिक्री नीतिसँग सम्बन्धित भ्रष्टाचारको मुद्धामा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सोधपुछ गर्ने तयारी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सोही मुद्धामा आम आदमी पार्टीका नेता मनिष सिसोदिया र सञ्जय सिंह पक्राउ परिसकेका छन् । सो पार्टीले भने आफ्ना नेता विरुद्धको आरोप अस्वीकार गर्दै संघीय सरकारले राजनीतिक प्रतिशोध सांधेको आरोप लगाएको छ । 

तर भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाले आम आदमी पार्टीमाथि राजनीतिक लाभका लागि भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएको छ । आम आदमीले भने भ्रष्टाचार विरुद्ध आवाज उठाउंदै आएको छ ।


प्रतिक्रिया