गाजा र युक्रेनमा जारी युद्ध अन्त्यका लागि मध्यस्थता गर्न युरोपलाई चीनको आग्रह

कार्तिक १८, २०८० | काठमाडौं

चिनियाँ राष्ट्रपति सी चिनफिङले गाजा र युक्रेनमा जारी युद्ध अन्त्यका लागि मध्यस्थता गर्न युरोपलाई आग्रह गर्नुभएको छ । 

जर्मन चान्सलर ओलाफ सोल्जसँगको भिडिओ कन्फ्रेन्समा राष्ट्रपति सीले मध्यस्थताको भूमिका खेल्न युरोपलाई आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अन्य राष्ट्रको सुरक्षा सुनिश्चित नगरी एक पक्षलाई समर्थन गर्दै अर्को पक्षको जायज मागलाई बेवास्ता गर्दा क्षेत्रीय असन्तुलन र द्वन्द्व समेत बढ्ने राष्ट्रपति सीको भनाई छ । सोही कारण युरोपले द्वन्द्व समाधान गर्न र तनाव कम गर्र्न मध्यस्थताको भूमिमा बस्नुपर्ने राष्ट्रपति सीलाई उद्दृत गर्दै सिन्ह्वाले जनाएको छ ।

 यता, सीले चीन र जर्मन मिलेर विश्व व्यवस्था र बहुपक्षीयताको संरक्षण गर्न जरुरी भएको औल्याउँदा चीन–युरोप सम्बन्धमा केही सहज वातावरण बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विश्लेषण गरेका छन् । 


प्रतिक्रिया