गाजामा जारी आक्रमण रोक्न इजरेललाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

कार्तिक २२, २०८० | काठमाडौं

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा आक्रमण रोक्न इजरेललाई आग्रह गर्नुभएको छ । राष्ट्रपति बाइडेनले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजामा लडाईं रोक्न आग्रह गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गाजामा रणनीतिक युद्धविराम र बन्धकहरुको रिहाईका बारेमा राष्ट्रपति बाईडेन र प्रधानमन्त्री नेतान्याहूबीच छलफल भएको ह्वाइट हाउसका प्रवक्ताले बताएका छन् । युद्धविरामले हमासलाई सैन्य रूपमा मद्दत गर्नेछ भन्ने इजरेलको अडानलाई वाशिंटन र अन्य पश्चिमा शक्तिहरुले समर्थन भने गरेका छन् ।

यसैबीच इजरेलका रक्षामन्त्री योभ गालान्टले आफ्नो सेना गाजा शहरको मुख्य क्षेत्रमा पुगेको बताउनुभएको छ । पछिल्लो समय इजरेली सुरक्षा बलले स्थल, हवाई र समुद्री सेना परिचालन गरेको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार गाजामा हरेक दिन औसतमा एक सय ६० बालबालिका मारिने गरेका छन् । 


प्रतिक्रिया