श्रीलंकालाई अमेरिकाले ५५ करोड डलर ऋण उपलब्ध गराउने

कार्तिक २२, २०८० | काठमाडौं

अमेरिकाले श्रीलंकामा समुद्री बन्दरगाह ढुवानी कन्टेनर टर्मिनल निमार्णका लागि ५५ करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ ।

अमेरिकाले अन्तर्राष्ट्रियस्तरको विकास निमार्णमा चीनसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले सो ऋण उपलब्ध गराउन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकाको सहयोगलाई हिन्द महासागरमा चीनको बढ्दो प्रभाव न्युनिकरण गर्ने अर्थमा हेरिएको अलजजिराले जनाएको छ । 


प्रतिक्रिया