माल्दिभ्सबाट विदेशी सैनिकलाई हटाउने राष्ट्रपति मौजुको भनाई

मंसिर २, २०८० | काठमाडौं

माल्दिभ्समा राष्ट्रपति मोहमद मौजुले विदेशी सैनिकलाई हटाउने बताउनुभएको छ । राष्ट्रपतिको पदभार ग्रहण गर्दै मौजुले अन्य देशको सैनिकहरुलाई हटाउने निर्णय गरिएको बताउनुभएको हो । 

मुलुकको स्वाधिनता र सार्वभौम सत्ताको खाका आफै तय गर्ने भन्दै अन्य देशका सुरक्षाकर्मीलाई तत्काल हटाईने राष्ट्रपति मौजुको भनाइ उदृत गर्दै अलजजिराले जनाएको छ ।

 माल्दिभ्सको केही भूभागमा भारतले ७५ जना भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरेको छ ।

 राष्ट्रपति मौजुले आफनो कार्यकालमा नजिकको मित्रराष्ट्रहरुसँग सन्तुलित सम्बन्ध राख्ने समेत बताउनुभयो । माल्दिभ्समा प्रभाव जमाउन चीन र भारतबीच होडवाजी चल्दै आएको छ ।

 मौजु राष्ट्रपतिमा निर्वाचित भएपछि चीनको जित भएको भन्दै टिप्पणी भइरहेका छन् । 


प्रतिक्रिया