इजरायलसंग युद्धविराम सम्झौता नजिक पुगेको हमासका नेताको भनाई

मंसिर ५, २०८०

प्यालेस्टाइनी विद्रोही हमासका नेताहरुले इजरायलसंग युद्धविराम सम्झौता नजिक पुगेको बताएका छन् । गाजा क्षेत्रमा हमासले बन्धक बनाएर राखेका इजरायलीको रिहाईसंगै उनीहरुले युद्धविराम हुन लागेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सो विषयमा इजरायलले भने कुनै टिप्पणी गरेको छैन । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धकहरूलाई घर नफर्काएसम्म आक्रमण नरोक्ने बताउनुभएको थियो । द्धन्द्ध शुरु भएदेखि नै मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतारका मध्यस्थकर्ताले पनि सम्झौता नजिक पुगेको बताउंदै आएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो मात्रै दुबै पक्ष सम्झौता नजिक पुगेको बताउनुभएको गियो । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले इजरेल र प्यालेष्टाइन पक्षलाई सहज बनाउन हमास नेतासंग थप वार्ता गर्ने तयारी गरेको छ । 


प्रतिक्रिया