सुरुङमा फसेका ४१ कामदार सकुशल

मंसिर ५, २०८०

भारतको उत्तराखण्डमा नौ दिनदेखि फसेका ४१ जना कामदारको अवस्था सकुशल रहेको फुटेज सार्वजनिक भएको छ । सुरुङमा फसेका ४१ जना कामदारको अवस्थाको फुटेज क्यामेराले कैद गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो फुटेज एन्डोस्कोपिक क्यामेरा प्रयोग गरेर खिचिएको अधिकारीहरुले बताएका छन् । 

सुरुङमा फसेका कामदारहरुलाई उद्धारकर्ताले पाइप प्रयोग गरेर खाना समेत पुर्‍याएका छन् । नोभेम्बर १२ मा सो क्षेत्रमा पहिरोका कारण निर्माणाधीन सुरुङ खसेको छ । फसेका कामदारसंग सम्पर्क स्थापित गरेर सोही बखत अक्सिजन, खाना र पानी उपलब्ध गराइएको थियो । फसेका कामदारलाई नयां सुरुङ खनेर उद्धार गर्ने कार्य शुरु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया