ट्रम्प र मस्कको दुरी बढ्दो

radio 

जेष्ठ २३, २०८२ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका पूर्व वरिष्ठ सल्लाहकार समेत रहेका अर्बपति एलन मस्कबीच सार्वजनिक रूपमै एक अर्काविरुद्ध टीकाटिप्पणी हुन थालेको छ ।

ओभल अफिसमा हिजो जर्मनीका नेतासँगको भेटका क्रममा ट्रम्पले आफ्नो सल्लाहकार समेत रहेका मस्क एकाएक सामाजिक सञ्जालमा आफूविरुद्ध खनिन थालेको बिलौना गर्नुभयो ।

अर्बपति मस्क पनि हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी संसद्को तल्लो सदन) मा पास गरिएको कर र खर्चसम्बन्धीको विधेयकलाई लिएर केही दिन अघि ट्रम्पको कडा आलोचनामा उत्रिनु भएको थियो । 

मस्कले सो विधेयकमाथि आलोचना गर्दै राष्ट्रपति ट्रम्पको ‘घिनलाग्दो’ कदमका रूपमा टिप्पणी गर्नुभयो । 

मस्कले ट्रम्पलाई सामाजिक सञ्जालमा जवाफी पोस्ट गर्दै भन्नु भएको थियो, ‘यो विधेयक मलाई एक पटक पनि नदेखाएर रातारात यसरी, यति चाँडो पारित गरियो कि कंग्रेसमा लगभग कसैले पनि यसलाई पढ्न पाएनन् ।’ 

आफ्ना समर्थकहरू मध्येका एक मस्कका यी पछिल्ला अभिव्यक्तिमाथि ट्रम्पले आपत्ति जनाउँदै आउनु भएको छ । उहाँले मस्कको कदमलाई ‘एकदमै निराशा’ को संज्ञा दिँदै अचम्मित तुल्याएको बताउँदै आउनु भएको छ ।

गत जनवरीदेखि राष्ट्रपति कार्यालयका प्रमुख सल्लाहकार बनेका उनले हालै एक हप्ताअघि जिम्मेवारी त्याग्नु भएको हो ।


प्रतिक्रिया