जापानको जन्मदर र प्रजननदर ९ वर्षदेखि घट्दो क्रममा

जेष्ठ २१, २०८२ | काठमाडौं
जापानमा जन्म दर र प्रजनन दर ९ वर्षदेखि लगातार घट्दो क्रममा रहेको छ ।
त्यहाँको स्वास्थ्य, श्रम तथा कल्याणकारी मन्त्रालयअनुसार जन्मदर संख्या सन् २०२४ मा पहिलो पटक ७ लाख भन्दा तल झरेर ६ लाख ८६ हजार ६१ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५ दशमलब ७ प्रतिशतले खुम्चिएको हो । यस्तै, कुल प्रजनन दर एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाहरूको औसत संख्या पनि सन् २०२३ मा १ दशमलब २० बाट झरेर १ दशमलब १५ मा खुम्चिएको छ ।
सरकारी तथ्यांकअनुसार निरन्तर ढिलो विवाह गर्नु र ढिलो बच्चा जन्माउनुलाई यसको कारणको रुपमा औल्याइएको छ । जापानको जन्मदर घट्दै गएको अवस्था अहिले सरकारी अनुमानभन्दा १५ वर्ष अगाडि सरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।