उत्तर कोरियाद्वारा सैन्य गुप्तचर भू–उपग्रहको सफल प्रक्षेपण गरेको दाबी

मंसिर ६, २०८० | काठमाडौं

उत्तर कोरियाले सैन्य गुप्तचर भू–उपग्रहको सफल प्रक्षेपण गरेको दाबी गरेको छ । यसैवर्ष दुई वटा असफल परीक्षण गरेको उत्तर कोरियाले सफल प्रक्षेपणको दाबी गरेको हो ।

रुसको अन्तरिक्ष कार्यक्रमको सहयोग प्राप्त गरेको उत्तर कोरियाले जनाएको छ । गत सेप्टेम्बर महिनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किम जोंग उनले भेटवार्ता गर्नुभएको थियो ।

उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले सो अन्तरिक्ष यान पृथ्वीको कक्षमा प्रवेश गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघ सहित अमेरिका, जापान र दक्षिण कोरियाले ब्यालेष्टिक प्रणालीको प्रयोग गरी भएको प्रक्षेपणको विरोध गरेका छन् । 


प्रतिक्रिया