चीनमा स्वासप्रश्वास सम्बन्धी संक्रमण फैलियो

मंसिर ८, २०८० | काठमाडौं

चीनले उत्तरी क्षेत्रमा फैलिएको स्वासप्रश्वास सम्बन्धी समस्या नयाँ संक्रमण नभएको प्रतिवेदन जारी गरेको छ । उत्तरी क्षेत्रमा संक्रमण बढेको सूचनाका आधारमा विश्व स्वास्थ्य संगठन डब्लूएचओले थप सुचना माग गरेको थियो । सो क्षेत्रमा देखिएको स्वासप्रश्वास सम्बन्धी समस्या निमोनिया जस्तै प्रकृतिको भएको चीनद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।

संक्रमण भएको भनिएको क्षेत्रका अस्पतालमा बिरामीको संख्या बढेपछि डब्लूएचओले प्रश्न गरेको बीबीसीले उल्लेख गरेको छ । चिसो बढ्दा संक्रमण उच्च हुन पुगेको चिनियाँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रभावित क्षेत्रमा न्युमोनिया जस्तै संक्रमण पाइएको राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले उल्लेख गरेको छ । यसअघि कोभिड–१९ लाई पनि सुरुमा न्युमोनियाका रुपमा परिभाषित गरिएको थियो । संक्रमण फैलिएको क्षेत्रमा कडा निगरानीका साथ उपचार भईरहेको चीनले दाबी गरेको छ ।


प्रतिक्रिया