३९ प्यालेस्टिनी रिहा

फाइल फोटो  

मंसिर ९, २०८०

इजरायली जेलबाट ३९ प्यालेस्टिनी बन्दी रिहा भएका छन् । कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार सो संख्यामा प्यालेस्टिनी रिहा भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । २४ जना महिला र १५ जना किशोर किशोरीको समूहलाई वेस्ट बैंकको बेतुनिया चेकपोइन्टबाट रिहा गरिएको हो । 

इजरायलले बन्दी बनाइएका ३ सय महिला र नाबालिगको सूचीबाट उनीहरुलाई छनोट गरिएको थियो । रिहा हुने किशोर किशोरीमध्ये ४० प्रतिशत १८ वर्ष मुनीका रहेको बताइएको छ । रिहा भएसंगै प्यालेष्टाइन र इजरायलबीच युद्धविराम जारी रहने संकेत देखिएको उनीहरुले बताएका छन् ।

हमासले भने युद्धविराम सम्झौता अनुरुप २४ जना बन्धकलाई रिहा गरेको छ । तीमध्ये १३ जना इजरायली, १० जना थाइ र एक फिलिपिनो रहेको इजरायल र हमासबीच मध्यस्थता गर्दै आएको कतारले जनाएको छ । इजरायलीहरुमा ९ वर्ष मुनीका ४ बालबालिका र एक जना ८५ वर्षीया महिला छन् । 

सम्झौताका सर्तहरू अनुसार, अस्थायी युद्धविरामको अवधिमा जम्मा ५० इजरायली बन्धक र १ सय ५० प्यालेस्टाइनी बन्दीहरूलाई चार दिनभित्र रिहा गरिने छ । यसैबीच सम्झौता कार्यान्वयनमा आएसंगै चिकित्सा सामग्री, इन्धन र खाद्यान्न बोकेको एक सय ३७ लरीहरु इजिप्टबाट गाजा प्रवेश गरेका छन् । 


प्रतिक्रिया