कराँचीको एक सपिङ सेन्टरमा आगलागी हुँदा १० जनाको मृत्यु

मंसिर ९, २०८० | काठमाडौं

पाकिस्तानको कराँची शहरस्थित एउटा सपिङ सेन्टरमा आज विहान भएको आगलागीमा परि १० जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् ।

कराँचीका मेयर मुर्तजा वहाब सिद्दिकीले आगलागीबाट कम्तिमा १० जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टी गर्नुभएको हो ।

आगलागीका कारण कल सेन्टर र सफ्टवेयर फर्महरु रहेको मलको अधिकांश भागमा क्षती पुगेको छ । आगो अहिले निभाइएको अलजजिराले जनाएको छ । अग्नि नियन्त्रकहरुले आगोमा फसेका कम्तिमा ५० जनालाई उद्धार गरेका छन् । 


प्रतिक्रिया