सुरुङ मार्गमा फसेका कामदारको अझै उद्धार हुन सकेन : उत्तराखण्ड

मंसिर १०, २०८० | काठमाडौं

भारतको उत्तराखण्ड राज्यमा सुरुङ मार्गमा फसेका कामदारको अझै उद्धार हुन सकेको छैन । दुई सातादेखि सुरुङमा फसेका कामदारलाई उद्धार गर्न सकस भएको हो । पहिरो पन्छाउन प्रयोग भएका कुनै पनि मेसिन सफल नभएपछि साना हाते मेसिको प्रयोग गरी पहिरो पन्छाउने कार्य सुरु गरिएको छ । 

सो कार्य अझै ४–५ दिन लम्बिने भारतीय अधिकारीहरुले बताएका छन् । ठूला चट्टान सहित सुरुङमा प्रयोग भएका फलाम समेत खसेकाले उद्धार कार्य जटिल बनेको हो । यद्यपि, एउटा पाइप जस्तो प्वाल मार्फत कामदारलाई अक्सिजन सहित आवश्यक सामाग्री भने पु¥याईएको छ ।


प्रतिक्रिया