इजरेल र हमासबीच बन्दी रिहाई प्रक्रिया जारी

मंसिर १०, २०८० | काठमाडौं

हमास समुहले बन्धक बनाएका थप १७ जनालाई रेडक्रसको मध्यस्ततामा इजरेलको जिम्मा लगाइएको छ । १३ इजरेली र ४ जना थाइ नागरिकलाई गाजाको राफा क्षेत्रबाट इजरेलको जिम्मा लगाइएको हो । 

हमासले बन्दी बनाएको ५० दिनपछि उनीहरुलाई छाडिएको हो । इजरेलले यसअघि ३९ जना प्यालेष्टिनी बन्दीलाई छाडेको थियो । इजरेल सरकारले रिहाई भएकालाई अस्पतालमा स्वास्थ्य परीक्षण पछि परिवारको जिम्मा लगाएको छ ।

इजरेलको बाटो हुँदै राहत सामग्री समेत गाजामा पु¥याइएको छ । खाद्यान्न, पानी, टेन्ट र औषधि सहितका राहत सामग्री बोकेका ३ सय ४० ट्रकलाई संयुक्त राष्ट्रसंघको समन्वयमा इजरेल हुंदै गाजामा पु¥याईएको हो । युद्धविराम सम्झौता अनुरुप हमासले हिजो पनि २४ जना बन्धकलाई रिहा गरिएको थियो । तीमध्ये १३ जना इजरायली, १० जना थाइ र एक फिलिपिनोलाई छाडिएको थियो । 


प्रतिक्रिया