सुडानमा ¥यापिड सपोर्ट फोर्सेसको सैन्य अभियानपछि १० हजारको मृत्यु

मंसिर १०, २०८० | काठमाडौं

सुडानमा सशस्त्र समूह सुडानी ¥यापिड सपोर्ट फोर्सेसले गत अप्रिल १५ देखि सैन्य अभियान सुरु गरेदेखि १० हजार बढीले ज्यान गुमाएका छन् । त्यस्तै कम्तिमा ६० लाख मानिस विस्थापित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सुडानमा द्धन्द्धका कारण सर्वसाधारणको स्वास्थ्य र जीवनमा नराम्रो प्रभाव परेको बताउनु भएको छ । यस्तै सहायता एजेन्सीहरुले पनि सुडानी कामदार अपहरण, बलात्कार र आक्रमणको शिकार भइरहेको बताएका छन् । 

डब्लुएचओ प्रमुख गेब्रेयससले लाखौं सुडानी बालबालिका तीब्र कुपोषणबाट ग्रसित भएको समेत बताउनु भएको छ । यस्तै कामदारहरुको ज्यान जोखिममा रहेको भन्दै सुरक्षा प्रदान गर्न समेत आग्रह गरिएको छ । 

कर्मचारीहरुले द्वन्द्व शुरु भएयता कुटपिट, ज्यान मार्ने धम्की र चोरीको सामना गर्नु परेको भन्दै दुःखेसो ब्यक्त गरेका छन् । 


प्रतिक्रिया