चट्याङ लागेर २४ जनाको मृत्यु

मंसिर १२, २०८० | काठमाडौं

भारतको पश्चिमी राज्य गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ । अन्य २३ जना घाइते भएका छन् । पछिल्लो दुई दिनदेखि हावाहुरी र असिनासहितकोे भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको अलजजिराले जनाएको छ । राज्यको केही भागमा हिजोबाट वर्षा रोकिए पनि अन्य भागमा जारी रहेको वर्षाले विभिन्न ठाउँमा क्षति पुगेको गुजरातका स्थानीय अधिकारीहरुले जनाएका छन् । 

बेमौसमी वर्षाबाट ४० पशुचैपायाको पनि मुत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारतीय मौसम विज्ञान विभागले अmभै राज्यका केही भागमा वर्षा जारी रहने पूर्वानुमान गरेको छ । गुजरातमा सन् २०१९ को अगस्टमा आएको बाढीमा परि ३१ जनाको मृत्यु भएको थियो । 


प्रतिक्रिया