युद्धविरामको समय दुई दिनका लागि थप

मंसिर १२, २०८० | काठमाडौं

इजरेल र हमासबीच भएको युद्धविरामको समय दुई दिनका लागि थप गरिएको छ । पहिलो चरणको चार दिने युद्धविरामको म्याद सकिएसँगै इजरायल र हमासले दुई दिनको समय लम्ब्याउन सहमत भएको मध्यस्तकर्ता कतार सरकारले जनाएको हो । थप ११ जना बन्दी छुटेसँगै हमासले रिहा गरेका बन्धकको संख्या ५० नाघेको इजरेलले जनाएको छ ।

पछिल्लो चरणमा इजरेलले ३३ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको बीबीसीले उल्लेख छ । युद्धविरामका लागि सहमति भएको थप दुई दिनमा हमासले महिला र बालबालिका गरी अन्य २० जनालाई रिहा गर्ने प्रतिबद्धता जनाएको अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ । यसैबीच, मानवीय सहायता खाद्यान्न,इन्धन र औषधि बोकेका ट्रकहरु गाजामा प्रवेश गरेको छ ।


प्रतिक्रिया