उत्तराखण्डको सुरुङमा फसेका मध्ये एकजनाको उद्धार

मंसिर १२, २०८०

भारतको उत्तराखण्डको सुरुङमा फसेका ४१ मध्ये एकजना कामदारलाई बाहिर निकालिएको छ । नोभेम्बर १२ देखि उत्तराखण्ड राज्यको सुरुङमा फसेका ४१ जना कामदारमध्ये एकजनालाई बाहिर निकाल्न सफल भएको अधिकारीलाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सुख्खा पहिरो जांदा कामदारहरु १७ दिनदेखि सुरुङमा फसेका थिए । उनीहरुलाई सुरुङभित्र हालिएको पाइप मार्फत निकाल्न शुरु गरिएको हो । फसेका कामदारलाई पाइप मार्फत नै अक्सिजन, खाना र पानीको व्यवस्था गरेको अधिकारीहरुले जनाएका छन् । 


प्रतिक्रिया