इजरेल र हमास युद्धविरामः गाजाबाट थप १२ बन्दी रिहा

मंसिर १३, २०८० | काठमाडौं

इजरेल र हमासबीच जारी युद्धविरामका क्रममा गाजाबाट थप १२ जना बन्दी रिहा भएका छन् । रिहा हुनेमा १० इजरेली र थाईल्याण्डका दुई जना नागरिक छन् । इजरेलले पनि थप ३० जना प्यालेष्टिनि नागरिकलाई रिहा गरेको बीबीसीले जनाएको छ ।

युद्धविराम थप दुई दिन लम्बिएपछि बन्दी छुट्ने क्रम पनि बढेको छ । हमासले इजरेलबाट बन्धक बनाएका ८१ जनालाई रिहा गरिसकेको छ । इजरेलले पनि हमास र प्यालेस्टाईनका १ सय ८० जना बन्दीलाई छाडेको छ ।

यसैबीच नेपाली विद्यार्थी विपिन जोशीको उद्धारबारे भने औपचारिक जानकारी अझै आएको छैन ।


प्रतिक्रिया