इजरायलद्धारा दक्षिणी गाजास्थित खान युनिस शहरमा हवाई आक्रमण

मंसिर १७, २०८० | काठमाडौं

इजरायलले गाजाको दक्षिणी क्षेत्रको खान युनिस शहरमा हवाई आक्रमण गरेको छ । इजरायल र हमासबीचको सात दिने अस्थायी युद्धबिराम समाप्त भएपछि गाजामा युद्ध सुरु भएपछि ठूलो बमबारी भएको बीबीसीले जनाएको छ । इजरायलको रक्षा बलका अनुसार ४ सय जना भन्दा बढी हमासका आतंकवादीलाई लक्षित गर्दै प्रहार गरेको हो ।

इजरायलले पछिल्लो पटक गरेको आक्रमणका कारण १ सय ९३ जनाको मृत्यु भएसँगै अहिले सम्म गाजामा १५ हजार २ सय का मृत्यु भएकोे गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै हिजो साझ इजरायल स्थित तेल अवीभ र मध्य इजरायलको वरपरका क्षेत्रहरुमा लक्षित गरि सुरु भए देखि गाजाबाट इजरायलमा रकेटहरु पनि नियमित रुपमा प्रहार भईरहेको बीबीसीले जनाएको छ । 


प्रतिक्रिया