इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु

मंसिर १८, २०८० | काठमाडौं

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । कम्तीमा १२ जना बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पश्चिमी सुमात्रामा हिजो ज्वालामुखी विस्फोट हुँदा सो क्षेत्रमा करिब ७५ जना पर्वतारोही रहेको बताइएको छ । आज थप ४९ जनाको उद्धार गरिएको छ । उनीहरु मध्ये अधिकांश जलेर घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

वेपत्ताहरुको खोजी कार्य जारी छ । सो क्षेत्रमा आज पनि भएको विस्फोटका कारण उद्धारमा समस्या भएको अधिकारीहरुले बताएका छन् । माउन्ट मारापी इन्डोनेसियाको पश्चिमी सुुमात्रा टापुमा पर्छ । त्यहाँ १ सय २७ सक्रिय ज्वालामुखी छन् ।


प्रतिक्रिया