कूूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने ईरान र पाकिस्तानको घोषणा

माघ ९, २०८० | काठमाडौं

इरान र पाकिस्तानले कूूटनीतिक सम्बन्धलाई पुनःस्थापित गर्ने घोषणा गरेका छन् । पछिल्लो समय एक अर्काविरुद्ध हवाई आक्रमण समेत सुरु गरेका दुई मुलुकले सम्बन्ध सुधारको उद्घोष गरेका हुन् । दुवै देशका राजदूतलाई पुर्नस्थापित एवं कूूटनीतिक सम्बन्ध सुधारका लागि सहमति भएको अलजजिराले उल्लेख गरेको छ । आगामी २६ जनवरीमा दुवै देशका राजदूतले आ–आफ्नो कार्यस्थलमा फर्किने निश्चित भएको छ ।

पाकिस्तानसँगको तनावपूर्ण सम्बन्धलाई मत्थर पार्दै कूूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने सहमति भएको इरानी विदेश मन्त्रीले बताउनुभएको छ । आतंकवादी समूूहमाथिको आक्रमण भनिए पनि सिमापार भएको हवाई आक्रमणका कारण पाकिस्तान र इरानबीच तनावपूर्ण स्थिति श्रृजना भएको थियो । पाकिस्तानले समेत शान्तिपूर्ण रुपमै समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।


प्रतिक्रिया