उत्तर कोरियाद्धारा दक्षिणी तटमा पनडुुबी क्षेप्यास्त्र प्रहार

माघ १०, २०८० | काठमाडौं

उत्तर कोरियाले दक्षिणी तटमा पनडुुबी क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाका एक अधिकारीका अनुुसार उत्तरको आक्रमणपछि दुुई देशबीच विवाद थप बढाउने आंकलन गरिएको छ । उत्तर कोरियाले तटीय क्षेत्रमा धेरै क्षेप्यास्त्र प्रहार गरेको अमेरिका र दक्षिण कोरियाली गुुप्तचर निकायले बताएका छन् । उत्तरको अन्य सैन्य गतिविधिमा समेत आगामी दिनमा निगरानी जारी राख्ने दक्षिण कोरियाका ती अधिकारीको भनाइ छ । यसअघि, दक्षिण कोरियाले उत्तरको सीमा नजिक रहेको ग्यांगओन प्रान्तमा त्यहाँको नौसेनाले १० दिन अघि विभिन्न सैन्य गतिविधि गरेका थिए । 


प्रतिक्रिया