गाजामा इजरेलको सैन्य कारवाहीबारे अन्तराष्ट्रिय अदालतमा सुनुवाई हुँदै

माघ १२, २०८० | काठमाडौं

गाजामा इजरेलको सैन्य गतिविधि बन्द गर्ने विषयमा अन्तराष्ट्रिय न्याय अदालतमा दायर मुद्धामा सुनुवाई हुने भएको छ । गाजामा इजरेलको सैन्य कार्बाहिका कारण नरसंहार भएको दक्षिण अफ्रिकाले दायर गरेको मुद्धामा दाबी गरीएको छ । दुई साता अघिबाट शुरु भएको बयानका क्रममा इजरेलले भने दक्षिण अफ्रिीकी आरोपको खण्डन गरेको छ ।

अन्तराष्ट्रिय अदालतमा हुने फैसलालाई इजरेलले मान्नै पर्ने बाध्यता नभएपनि राजनितिक रुपमा दबाब भने श्रृजना हुने अन्तराष्ट्रिय समाचार माध्यामले जनाएका छन । गाजामा इजरेली कार्बाहिमा परी २५ हजार प्यालेष्टिनिको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिकाको संख्या अत्याधिक रहेको छ । दक्षिण अफ्रिकाले दायर गरेको मुद्धामा इजरेली सैन्य कार्बाहि बन्द गर्ने सहित प्यालेष्टिनि राज्य स्थापनाका लागी आग्रह गरीएको छ ।


प्रतिक्रिया