किसानको प्रदर्शनका क्रममा एकको मृत्यु

फाल्गुन ९, २०८०

बालीको मूल्य निर्धारण सरकारले उपयुक्त तवरमा नगरेको भन्दै किसानले भारतको राजधानी नयाँ दिल्ली केन्द्रित गरेको आन्दोलन हिंसात्मक बनेको छ । 

सो क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । पटियालाका एक सरकारी अस्पतालमा उपचारका क्रममा शुभकरण सिंह नाम गरेका युवाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्यपी, हरियाणाका प्रहरीले भने किसानको मृत्युको खबर अफवाह भएको टिप्पणी गरेका छन् । 

दिल्ली केन्द्रित हुँदै मार्चपास गरेका किसानलाई तितरबितर बनाउन सुरक्षाफौजले अश्रु ग्यास प्रहार गरेका थिए । प्रदर्शनका क्रममा केही किसानहरु घाइते भएका छन् । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेर हिंसा भड्किएको भारतीय कंग्रेसले आरोप लगाएको छ । 


प्रतिक्रिया