अफगानस्तानका सम्पदा मासिदै

फाल्गुन १०, २०८० | काठमाडौं

अफगानिस्तानमा रहेका दर्जनौं पुरातात्विक सम्पदा स्थललाई मास्ने कार्य भईरहेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । ती क्षेत्रहरुमा डोजर हरु लगाएर प्रणालीगत रुपमा नै मास्ने काम भईरहेको अमेरिकाको एक विश्वविद्यालयको अध्ययन प्रतिवेदनलाई उदृत गर्दै बीबीसीले जनाएको छ छ ।

अगफानिस्तानमा तालिवानले सन २०२१ मा सत्ता हातमा लिए देखिनै पुरातात्विक सम्पदामाथि निरन्तर आक्रमण गरिरहेको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

दर्जनौ पुरातात्विक सम्पदा मासिएको स्यटलाईट तस्विरहरु समेत सो प्रतिवेदनमा समावेश गरिएको छ । 

मासिएका कतिपय सम्पदाहरु ३ हजार वर्षभन्दा पुरानो रहेको सो अध्ययन प्रतिवेनले जनाएको छ । उत्तरी अफगानस्तानमा अधिकांश सम्पदाहरु मासिएका छन् । 


प्रतिक्रिया