द्धन्द्धग्रस्त गाजा डेथ जोन बनेको गेब्रेयससको टिप्पणी

फाल्गुन १०, २०८० | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लुुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले द्धन्द्धग्रस्त गाजा डेथ जोन अर्थात् मृत्यु क्षेत्र बनेको टिप्पणी गर्नुभएको छ ।

इजरायली हमलाबाट गाजा क्षेत्रमा भएको मानवीय क्षतिलाई लिएर आलोचना भइरहेका बेला विश्व स्वास्थ्य संगठनका प्रमुखको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

अक्टोबर ७ यता गाजामा इजरायली हमलामा कम्तीमा २९ हजार ३१३ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ६९ हजार ३ सय ३३ जना घाइते भएका छन् । 

डब्लुुएचओका प्रमुख गेब्रेयससले इजरायली हमलालाई अमानवीयको संज्ञा समेत दिनुभएको छ । उत्तरी गाजा क्षेत्रका बासिन्दाहरूले न्युनतम खानेकुराको अभाव झेलिरहेका छन् । 

इजरायलले हमासको आक्रमणको बदला लिन गाजापट्टीमा आक्रमणलाई निरन्तरता दिइरहेको छ । 


प्रतिक्रिया