भारतको तमिलनाडु राज्यमा कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध

फाल्गुन १०, २०८० | काठमाडौं

क्यान्सरको मात्रा पुष्टी भएपछि भारतको दक्षिणी राज्य तमिलनाडुले कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

तमिलनाडुको एक प्रयोगशालामा गत हप्ता गरिएको परीक्षणमा कटन क्यान्डीमा क्यान्सर उत्पन्न गर्ने पदार्थ रोडामाइन–बी भेटिएपछि प्रतिबन्ध लगाइएको हो ।

तमिलनाडुको परिक्षणमा रोडामाइन–बी भेटिएको पुष्टी भएपछि भारतका अन्य राज्यले समेत यसको नमूना परिक्षण गर्ने तयारी गरिरहेको बीबीसीले जनाएको छ ।

आन्ध्र प्रदेश र दिल्लीले पनि क्यान्सरको जाँच गर्न क्यान्डीको नमूना परीक्षण गर्न लागेका हुन् ।   


प्रतिक्रिया