पाकिस्तानद्वारा इरान–पाकिस्तान ग्यास पाइपलाइन परियोजना स्वीकृति

फाल्गुन १२, २०८० | काठमाडौं

सन् २०१३ मा सुरु भएको इरान–पाकिस्तान ग्यास पाइपलाइन परियोजनाको ८० किलोमिटरको पहिलो चरणको निर्माण कार्यलाई पाकिस्तान सरकारले अन्ततः स्वीकृति दिएको छ ।

सन् २०२४ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने परियोजना थालनी नै नभएपछि सम्भावित २० अर्ब अमेरिकी डलरको जरिवानाबाट बच्नका लागि पाकिस्तानले स्वीकृति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । निर्माण कार्य इरानको सीमादेखि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको ग्वादरको रणनीतिक बन्दरगाह क्षेत्रसम्म हुँदैछ ।

 सो परियोजनाको लागत लगभग १ सय ५८ मिलियन डलर हुने अपेक्षा गरिएको छ । इरान–पाकिस्तान ग्यास पाइपलाइन परियोजना १२ वर्षअघि नै सुरु भएपनि तेहरान विरुद्ध लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण सो परियोजना अलपत्र परेको थियो । 

यद्यपी, इरानले आफ्नो तर्फको भूभागको निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ । 


प्रतिक्रिया