गाजामा इजरायलको आक्रमणबाट ३० हजार बढी प्यालेस्टाइनीको मृत्यु

फाइल फोटो  

फाल्गुन १७, २०८० | काठमाडौं

गाजा क्षेत्रमा इजरायलको आक्रमणबाट अक्टोवर पहिलो साता यता ३० हजार बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको तथ्याङ्क त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

हमास विद्रोहीले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा महिला र बालबालिका धेरै छन् । मन्त्रालयले पछिल्लो एक दिनमा ८१ जना नागरिक मारिएपछि इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ३५ पुगेको छ ।

आक्रमण परी घाइते भएका कतिपय व्यक्ति अस्पताल नपुगेकाले मृतकको वास्तविक संख्या अहिले भनिए भन्दा बढी हुन सक्ने आशंका गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयमा दर्ता भए अनुसार ७० हजार भन्दा बढी नागरिक घाइते छन् । इजरायली सेनाले भने आफ्नो आक्रमणबाट गाजामा १० हजार आतङ्ककारी मारिएको दावी गरेको छ । 


प्रतिक्रिया