पछिल्लो पटक गाजामा इजरेली आक्रमणबाट १ सय १२ प्यालेस्टीनीको मृत्यु

फाइल फोटो  

फाल्गुन १८, २०८० | काठमाडौं

गाजामा इजरेली आक्रमणमा पछि पछिल्लो समय १ सय १२ प्यालेस्टीनीको मृत्यु भएको छ । ७ सय ६० घाइते भएका छन् ।

 सहायता सामग्री पठाइएको ट्रकमा इजरायली सेनाले आक्रमण गर्दा प्यालेस्टीनी नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । गाजा सहरको दक्षिण पश्चिम तटीय सडकमा इजरायली ट्या

ङ्कहरूको उपस्थितिमा राहत सामग्रीका ट्रकहरूको पठाइएको थियो । इजरायली सेनाले चेतावनीको गोली चलाएको तर राहत सामग्री बोकेको ट्रकमा प्रहार नगरेको दाबी गरेको छ । 

यद्यपी, केही प्यालेस्टीनी सैनिकहरूले उनीहरूमाथि नै प्रत्यक्ष गोली चलाएको बताएका छन् । एक प्यालेस्टीनी प्रत्यक्षदर्शीकाअनुसार मृत्यु भएकाहरूमध्ये अधिकांशलाई ट्रक चालकहरूले अगाडि बढ्न खोज्दा ठक्कर दिएका थिए । 


प्रतिक्रिया