क्रिमियामा ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी

फाल्गुन २१, २०८० | काठमाडौं

क्रिमियामा आक्रमण गर्ने ३८ वटा युक्रेनी ड्रोनलाई खसालेको रुसले दाबी गरेको छ । सन् २०१४ मा रुसले गैरकानूनी रुपमा कब्जा गरेको क्रिमियाको प्रायद्वीपमा युक्रेनले ड्रोन हमला हो ।

अनलाइनमा सार्वजनिक भएको एउटा भिडियोमा दक्षिण–पूर्वी शहर फिओडोसियाको इन्धन डिपो नजिकै विस्फोट भएको बीबीसीले जनाएको छ । सो हमलापछि क्रिमियालाई रुससँग जोड्ने केर्च पुल अस्थायी रुपमा बन्द गरिएको छ ।

युक्रेनले पश्चिमी देशहरुलाई हतियारको आपूर्ति बढाउन लगातार अपील गरिरहेको बेला सो हमला भएको हो । यद्यपि रुसले पछिल्लो ड्रोन आक्रमणबाट भएको क्षतिको कुनै विवरण सार्वजनिक गरेको छैन । कीभले पनि यस हमलामा आफ्नो सेना संलग्न भए÷भएको पुष्टि गरेको छैन ।

कीभले आफ्नो सेनालाई पश्चिमा निर्मित हतियारका साथ टिकाउन संघर्ष गरिरहेको बेला रुसी सेनाले हालै युक्रेनमा सफलता हासिल गरेको छ । रुसी सेनाले गत महिना मात्रै युक्रेनको प्रमुख पूर्वी सहर अवडिभकालाई नियन्त्रणमा लिएको थियो । शनिबार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो ।

सो हमलामा परि ५ बालबालिका सहित १२ जनाको मृत्यु भएको थियो । रुसले दक्षिणी खेरसन क्षेत्रलाई पनि निशाना बनाएको छ । युक्रेनी अधिकारीहरुका अनुसार खेरसनमा हिजो भएको हमलामा एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका छन् ।  


प्रतिक्रिया