गाजामा बन्धक माथि यौनहिंसा भएको राष्ट्रसंघको भनाई

फाल्गुन २२, २०८०

गत अक्टोबरमा हमास विद्रोहीले इजरेलमाथि गरेको कारबाहीमा बन्धक भएकाहरुमाथि यौन हिंसा लगायत अमानवीय व्यवहार भइरहेको संयुक्त राष्ट्रसंघले निष्कर्ष निकालेको छ । 

द्धन्द्धमा यौन हिंसा सम्बन्धी हेर्ने राष्ट्र संघका विशेष प्रतिनिधि प्रमिला प्याटन नेतृत्वको मिसनले सो क्षेत्रमा गरेको अध्ययन र अनुगमनका क्रममा सामुहिक बलात्कार लगायत यौन हिंसाका घटना व्याप्त भएको निष्कर्ष निकालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । साथै, राष्ट्रसंघले बन्धक बनाइएका नागरीकलाई यौन हिंसा, बलात्कार सहित अमानवीय व्यवहार गरेको आधिकारीक विवरण प्राप्त भएको बताएको छ । 

यता, इजरेलको विदेश मन्त्रलायले यौन हिंसामा सलंग्न भएकाको राष्ट्रसंघले पहिचान गरेको भन्दै हमासलाई अन्तर्राष्ट्रिय रुपमा नै प्रतिबन्ध लगाउनुपर्ने बताएको छ । हमासले भने आफुमाथि लगाइएको आरोपको खण्डन गरेको छ । 


प्रतिक्रिया