अमेरिकाले अरुणाञ्चल प्रदेशलाई भारतीय भू–भाग भनेकोप्रति चीनको विरोध

चैत्र ८, २०८० | काठमाडौं

अरुणाञ्चल प्रदेशलाई भारतीय भू–भागको रूपमा अमेरिकाले मान्यता दिएको भन्दै चीनले कडा विरोध गरेको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन चिआनले चिनियाँ सञ्चार माध्यमसँगको कुराकानीमा अरुणाञ्चल प्रदेशबारे अमेरिकाको नीतिप्रति आपत्ति जनाउनुभएको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि चिनियाँ सेनाले अरुणाञ्चल प्रदेशमाथि आफ्नो दावी दोहोर्याएको केही दिनपछि अमेरिकाको धारणा सार्वजनिक भएको थियो । 

चीनले भारत–चीन सीमा विवादसँग वासिङ्टनको कुनै सम्बन्ध नभएको समेत बताएको छ । चीनले स्वार्थपूर्ण भू–राजनीतिक हितका लागि अन्य देशहरूको विवादलाई उक्साउने र प्रयोग गर्ने आरोप समेत अमेरिकालाई लगाएको छ । 

चीन–भारत सीमाको सीमाङ्कन पूरा नभएको भन्दै उप–प्रवक्ता लिनले अरुणाचल सधैं चीनको भू–भाग भएको बताएका छन् । 


प्रतिक्रिया