श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार

चैत्र ९, २०८० | काठमाडौं

श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार देखिन थालेको छ । आन्तरिक र बाह्य ऋणको चर्को भार, विदेशी विनिमय संचितिमा दबाब लगायतका कारणले श्रीलङ्काली अर्थतन्त्र दुई वर्ष अगाडि इतिहासकै खराब अवस्थामा पुगेको थियो ।

 विदेशी विनिमय सञ्चिति रित्तिएपछि श्रीलंकामा पेट्रोलीयम पदार्थ लगायत इनधन समेत आयात गर्न नसक्ने अवस्थामा पुगेको थियो । श्रीलङ्काको आर्थिक अवस्थामा क्रमिक सुधार आउन थालेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ ।

 डेढ वर्षको सङ्कुचनपछि गत वर्षको मध्यमबाट मुलुकको अर्थतन्त्र विस्तार भएको आईएमएफले उल्लेख गरेको छ । सन् २०२३ को तेस्रो त्रैमासिकमा श्रीलङ्काको आर्थिक वृद्धि १ दशमलब ६ प्रतिशत र चौथो त्रैमासिकमा ४ दशमलब ५ प्रतिशत रहेको आईएमएफले जनाएको छ । 

सन् २०२२ मा भएको चरम आर्थिक सङ्कटका कारण उत्पन्न अभावका कारण देशबासीहरु विरोधमा उत्रिएका थिए । तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई समेत आन्दोलनबाट हटाइएको थियो । 


प्रतिक्रिया