क्रिप्टो ठगी आरोपमा अमेरिकामा एक जनालाइ २५ वर्ष जेल सजाय

चैत्र १६, २०८० | काठमाडौं

क्रिप्टोकरेन्सीसंग सम्बन्धित एक संस्थाका सह संस्थापक साम ब्यांकम्यान–फ्राइडलाई अमेरिकाको एक अदालतले ठगीको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ ।

 क्रिप्टोकरेन्सी साट्ने एफटीएक्स संस्थाको सह–संस्थापक ब्यांकम्यानले ग्राहक र लगानीकर्ताहरुलाई ठगेको अभियोगमा सो सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी सन् २०२२ मा सो कम्पनी टाट पल्टनु अघि क्रिप्टोको कारोबारबाट अर्बपति बनेका थिए ।

 उनीमाथि ग्राहकबाट ८ विलियन अमेरिकी डलर ठगेको आरोप लागेको थियो । ३२ वर्षीय ब्यांकम्यान–फ्राइडमाथि ७ वटा धोखाधडी र षड्यन्त्रको आरोप लागेको थियो । सो घटना अमेरिकी इतिहासको सबैभन्दा ठूलो वित्तीय धोखाधडीको रूपमा अदालतले उल्लेख गरेको छ । 


प्रतिक्रिया