इजरायलले लेबननको सशस्त्र समूह हिजबुल्लाह विरुद्ध सैन्य कारबाही अगाडि बढाउने

चैत्र १७, २०८०

इजरायलका रक्षामन्त्री योभ ग्यालन्टले लेबननको सशस्त्र समूह हिजबुल्लाह विरुद्ध सैन्य कारबाही अगाडि बढाउने बताउनुभएको छ । सो समूहले बेरुत, दमास्कस लगायत क्षेत्रमा अप्रेसन सञ्चालन गरेपनि उनीहरु विरुद्ध इजरायली सेनाले कारबाही गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल गाजामा इजरायलको हमला जारी छ । 

अक्टोबर ७ देखि इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा ३२ हजार ६ सय २३ प्यालेस्टीनीको मृत्यु भइसकेको छ । र, ७५ हजार ९२ घाइते भएका छन् । हमासले अक्टोबर ७ मा इजरेलमा आक्रमण गर्दा १ हजार १ सय ३९ जनाको मृत्यु भएको थियो भने दजनौँ अझै गाजामा बन्दी रहेको बताइएको छ । 

समाचार रिपोर्टहरूकाअनुसार आलोचनाको बाबजुद अमेरिकाले गाजामा हमला गर्न इजरायललाई थप अरबौं डलरको बम र युद्धक विमान पठाउँदैछ ।


प्रतिक्रिया