युक्रेनमा १८ महिनासम्म उर्जा संकट हुने

चैत्र १८, २०८० | काठमाडौं
रुसले उर्जा उत्पादन केन्द्रमा क्षती पुर्याएका कारण आफ्नो मुलुकको एक चौंथाई भुभागमा आगामी १८ महिनासम्म उर्जा संकट हुने युक्रेन जनाएको छ ।
गत शुक्रबार रुसले युक्रेनको ५ वटा उर्जा उत्पादन केन्द्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो ।
सो हमलाका कारण उर्जा उत्पादन केन्द्रमा ८० प्रतिशत क्षती भएको युक्रेनले जनाएको छ ।
६ वटा उर्जा उत्पादन केन्द्रमध्ये ५ वटा पूर्ण रुपमा क्षती पुगेको युक्रेनको दावी छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले उर्जा केन्द्रको पुन निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आहवान गर्नु भएको छ ।