मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेकोप्रति भारतीय विपक्षी गठबन्धनको विरोध प्रदर्शन

चैत्र १८, २०८० | काठमाडौं

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पक्राउ विरुद्ध भारतका विपक्षी गठबन्धनले आज नयाँ दिल्लीमा विरोध प्रदर्शन गरेका छन् । 

नजिकिँदो चुनावको छेको पारेर प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनको पाटी भारतीय जनता पार्टीले सुनियोजित रुपमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको विपक्षी दलको आरोप छ ।

 ¥यालीमा सम्वोधन गर्दै काँगे्रस नेता राहुल गान्धीले प्रधानमन्त्री मोदी र उहाँको दलले चुनावमा धाँधली गर्न खोजेको बताउनुभयो । मदिरा बेच्ने लाइसेन्समा भ्रष्टाचार गरेको आरोपमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मार्च २१ तारिखमा पक्राउ गरिएको थियो ।

 मुख्यमन्त्री केजरीवालको आम आदमी पार्टीले भाजपाले राजनीतिक प्रतिशोध राखेको जनाएको छ । भाजपाले भने सो आरोपको खण्डन गर्दै आएको छ ।  


प्रतिक्रिया