गाजामा बन्धक बनाइएकालाई फिर्ता नल्याएको भन्दै इजरायलको संसद भवन अगाडि प्रदर्शन

चैत्र १९, २०८० | काठमाडौं

गाजा क्षेत्रमा बन्धक बनाइएका आफ्ना नागरिकलाई सरकारले फिर्ता ल्याउन नसकेको भन्दै दशौं हजार मानिसले इजरायलको संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

हमासविरुद्धको पछिल्लो युद्ध सुरु भएयता इजरायलमा सबैभन्दा ठूलो प्रदर्शन भएको अलजजिराले जनाएको छ ।

उनीहरुले सरकारसँग युद्धविराम सम्झौताको माग गरेका छन् । युद्धविराम सम्झौता भए गाजामा हमासले कब्जामा लिएका इजरायली बन्दीहरु मुक्त हुने प्रदर्शनकारीहरुको विश्वास छ ।

उनीहरुले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको व्यापक आलोचना समेत गरेका छन् । सरकारले नै बन्धकहरुलाई फिर्ता ल्याउन नचाहेको प्रदर्शनकारीहरुले आरोप उनीहको छ । सरकारको कमजोरीकै कारण वार्ता हुन नसकेको भन्दै निर्धारित समय भन्दा अगावै प्रदर्शनकारीले चुनावको समेत माग गरेका छन् ।  


प्रतिक्रिया