ताइवानमा भुकम्पमा परि ९ जनाको मृत्यु

चैत्र २१, २०८०

ताइवानमा २५ बर्षपछिकै शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार आज बिहान ७ दशमलब ५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो विवरण अनुसार भूकम्पमा परि ९ जनाको मृत्यु भएको छ । ८ सय भन्दा बढी मानिस घाइते भएका छन् । त्यस्तै, भत्किएका संरचनामा फसेका १ सय भन्दा बढी व्यक्तिलाई उद्धार गर्ने प्रयास भइरहेको ताइवानी अधिकारीले बताएका छन् ।

स्थानीय र पर्यटक सहित ५० जना पर्यटक सहित राष्ट्रिय निकुञ्ज क्षेत्रमा वेपत्ता रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बिहान ७ बजेर ५८ मिनेटतिर गएको भूकम्पका कारण पूर्वी सहर हुआलियन र वरपरको पहाडी क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ । ती स्थानमा उद्धार कार्य जारी छ । 

ताइवानका राष्ट्रपति चाइ इंग वेनले भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि सेना परिचालन गरिने बताउनुभएको छ । जापान, फिलिपिन्स र चीनमा समेत भुकम्पको धक्का महसुस गरिएको छ । भूकम्प पश्चात सुनामीको खतरा हुने भनिएपनि अब सो खतरा नरहेको बताइएको छ । यसअघि सन् १९९९ मा ताइवानमा ७ दशमलब ६ म्याग्च्यिुडको भुकम्प गएको थियो । त्यतिबेला २ हजार ४ सय मानिसको मृत्यु भएको थियो ।  


प्रतिक्रिया