विश्वव्यापी रुपमा बर्ड फ्लूले महामारीको रुप लिन सक्ने वैज्ञानीकको चेतावनी
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/world/birdflue-1712327991.png&w=700&height=600)
चैत्र २३, २०८० | काठमाडौं
वैज्ञानिकहरूले विश्वव्यापी रुपमै बर्ड फ्लू फैलिएर महामारीको रुप लिन सक्ने चेतावनी दिएका छन् ।
सो महामारी कोभिड–१९ भन्दा सयौं गुणा खतरनाक हुन सक्ने उनीहरुको अनुमान छ । अमेरिकाको टेक्सासमा बर्ड फ्लू सम्बन्धी दुर्लभ मानव केस पत्ता लागेपछि विज्ञहरुले महामारी आउने सम्भावना बढेको बताएका हुन् ।
सन् २०२० मा नयाँ प्रजाति पत्ता लागेपछि एच फइभ एन वान बर्ड फ्लू तीव्र गतिमा फैलिएको हो । यसले अमेरिकाको हरेक राज्यका जङ्गली चराहरू र पोल्ट्री फार्ममा असर पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यति मात्र होइन, हालसालै स्तनधारी जनावरमा पनि बर्ड फ्लू केसहरू भेटिएको छ ।
जसमा चार राज्यहरूमा गाईवस्तुहरू बर्ड फ्लूबाट संक्रमित भएको त्यहाँका संघीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २००३ देखि एच फइभ एन वानको सङ्क्रमण भएका ५२ प्रतिशत मानिसको मृत्यु भएको छ ।