लोकसभा चुनावका लागि भारतीय काँग्रेसको घोषणापत्र सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

चैत्र २४, २०८० | काठमाडौं

आसन्न लोकसभा चुनावका लागि भारतीय काँग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ न्यायपत्र नाम दिइएको घोषणा पत्रमा काँग्रेसले पिछडिएका समुदाय तथा अल्पसङ्ख्यकका लागि थप आरक्षण बढाउने लगायत विषय समेटिइको छ । 

काँग्रेसको मुख्यालयमा आयोजित कार्यक्रममा सोनिया गान्धी र राहुल गान्धी तथा काँग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेको उपस्थितिमा घोषणापत्र जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

घोषणापत्र सार्वजनिक गर्ने क्रममा नेता राहुल गान्धीले चुनावी प्रतिस्पर्धामा भारतको सत्ताले विपक्षीलाई दबाउने रणनीति लिएको आरोप लगाउनुभएको छ । 

घोषणापत्रमा भारतीय काँग्रेसले रोजगारी, शैक्षिक संस्थामा १० प्रतिशतको अनुदान तथा सबै धर्ममा आस्था राख्ने व्यक्तिप्रति समान व्यबहार गर्ने लगायत विषय समेटेको छ । 

 भारतीय काँग्रेसले सैनिक भर्ति सम्वन्धि अग्निपथ योजना रद्द गर्ने योजना समेत अघि सारेको छ ।  


प्रतिक्रिया