अमेरिका र चीनबीच सन्तुलित आर्थिक विकासमा जोड दिने सहमति

चैत्र २४, २०८० | काठमाडौं

अमेरिका र चीनबीच सन्तुलित आर्थिक विकासका क्षेत्रमा जोड दिने सहमति भएको छ । अमेरिकी अर्थमन्त्री जेनेट एलेन र चीनका उपप्रधानमन्त्री हे लिफेङ्गबीच सन्तुलित आर्थिक विकासका क्षेत्रमा आदानप्रदान गर्ने विषयमा छलफल भएको हो ।

चीनले निर्माण क्षमता वृद्धि गरिरहेको सन्र्दभमा अमेरिकी चासोका विषयमा समेत छलफल भएको अर्थमन्त्री जेनेटले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चार दिने भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री एलेनले चीनले उत्पादन गरिरहेको विद्युतीय सवारीसाधन, सोलार प्यानल र क्लिन इन्र्जीका बारेमा चासो राख्नुभएको थियो ।

चिनियाँ उपप्रधानमन्त्रीले आर्थिक क्षेत्रमा अमेरिकाले लगाएको प्रतिबन्धका बारेमा चासो व्यक्त गरेको बताइएको छ ।  


प्रतिक्रिया