बेलायतका जोन टिन्निस्वुड बने विश्वकै ज्येष्ठ जीवित व्यक्ति

चैत्र २५, २०८० | काठमाडौं

विश्वका सबैभन्दा ज्येष्ठ जीवित व्यक्ति बेलायतका १ सय ११ वर्षीय जोन टिन्निस्वुड रहेका छन् । उनले आफ्नो दीर्घआयुको राज केवल भाग्य भएको बताएका छन् । 

जोनले आफ्नो खानपानमा कुनै विशेष रहस्य नभएको तर हरेक शुक्रबार माछा र चिप्स खाने गरेको समेत बताएका छन् । १ सय १४ वर्षीय भेनेजुएलाका जुआन भिसेन्टे पेरेज मोराको यसै साता निधन भएपछि बेलायती नागरिक जोनले विश्वकै ज्येष्ठ नागरिकको रुपमा गिनिज वल्र्ड रेकर्डको उपाधि पाएका हुन् ।

 सन् १९१२ मा उत्तरी इङ्गल्याण्डको मर्सीसाइडमा जन्मिएका उनी आधा शताब्दी भन्दा बढी समयदेखि सरकारी सेवाबाट निवृत्त छन् । यसअघि स्पेनकी मारिया ब्रानियास मोरेरा १ सय १७ बर्ष बाँचेकी थिइन् ।  


प्रतिक्रिया