गाजामा इजरेली प्रधानमन्त्री नेतान्याहुले प्रभावकारी कदम नचालेको अमेरिकी राष्ट्रपति बाइडेनको आरोप

चैत्र २८, २०८० | काठमाडौं

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले द्वन्द्वग्रस्त गाजा क्षेत्रमा प्रभावकारी कदम चाल्न नसकेर गल्ति गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाउनुभएको छ ।

राष्ट्रपति बाइडेनले गाजालाई लिएर प्रधानमन्त्री नेतान्याहुको शैलि उचित नभएको बताउनुभएको बीबीसीले जनाएको छ ।

एक अन्तरवार्तामा राष्ट्रपति बाइडेनले गाजा क्षेत्रमा अबको ६ देखि ८ महिनामा कम्तिमा खाद्यन्न र औषधी पर्याप्त मात्रामा हुनुपर्ने भएपनि त्यस्तो अवस्था नभएको बताउनुभयो ।

पर्याप्त मात्रामा खाद्यान्न र औषधी वितरण गर्न सफल नभए इजरायलाई समर्थन दिने अवस्था नआउने उहाँको भनाई थियो ।    


प्रतिक्रिया