भियतनामकी एक महिला अर्बपतिलाई मृत्युदण्डको सजाय

चैत्र २९, २०८० | काठमाडौं

भियतनामकी एक अर्बपति महिलालाई २७ अर्ब बढि अमेरिकी डलर हिनामिना गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाईएको छ । 

भियतनामको इतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार मानिएको घटनामा त्यहाँको अदालतले ती महिलालाई मृत्युदण्डको सजाय सुनाएको हो । एक निजी कम्पनीकी प्रमुख ट्रोङ माइ ल्यानले ११ वर्षको समयावधीमा बैंकको रकम हिनामिना गरेको आरोप लागेको छ । 

उनीविरुद्ध सुनाइएको सजाय भियतनामको इतिहासमा अहिले सम्मकै दुर्लभ फैसला रुपमा लिइएको छ । ट्रोङले एक निजी बैंकबाट ४४ अर्ब अमेरिकी डलर ऋण लिएकी थिइन् । 

फैसलाका अनुसार २७ अर्ब डलर फिर्ता गर्नुपर्ने भएपनि उनले असुल गर्न कुनै पनि अवस्थामा नसक्ने भएपछि अदालतले यस्तो सजाय सुनाएको हो ।

सो मुद्दामा २ सय वकिलले बहस गरेका थिए । ८५ जना वकिलले भने सजाय हुन नहुने माग गरेका थिए । सुनुवाइको क्रममा लेनले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी थिइन् । 


प्रतिक्रिया